‘युवा जनशक्ति लागुऔषधमा फसेकाले विकासमा प्रभाव पर्‍यो’

रामबहादुर थापा 'बादल' | Ratopati
काठमाडौं,असार २३ । गृहमन्त्री रामबहादुर थापाले युवा जनशक्ति लागुऔषधमा फसेकाले विकासमा प्रभाव परेको बताएका छन् ।

समाजको र राष्ट्रको विकासका लागि युवाहरूको अग्रणी भूमिका हुनेभए पनि लागुऔषध सेवनले प्रभाव परेको उनले बताए । लागुऔषध प्रयोगकर्ताको सर्वेक्षण प्रतिवेदन २०७६ सार्वजनिकीकरण कार्यक्रममा गृहमन्त्री थापाले युवाशक्ति सबल, सक्षम र स्वस्थ भए समाज र राष्ट्रको विकासमा अग्रणी भूमिका खेल्ने बताए ।

प्रयोगकर्ताहरूको जीवनरक्षाका लागि यसको रोकथाम अनिवार्य भएको उनले बताए । मानव सभ्यता र संस्कृतिको रक्षा, समाज र राष्ट्र विकासका लागि लागुऔषध नियन्त्रण जरुरी रहेको उनले बताए ।

गृहमन्त्री थापाले विश्व महामारीका रूपमा फैलिएको कोरोनाजस्तै लागुऔषध प्रयोगकर्ताहरू रहेको बताए । कोरोनाजस्तै संक्रामक रोगका रूपमा यो फैलिँदै गएको उल्लेख गर्दै थापाले यसको नियन्त्रणका लागि एकताबद्ध भएर योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने संकल्प लिनुपर्ने बताए । मन्त्रालयले योजनै बनाएर लागुऔषधविरुद्धको अभियान सुरु गरेको उनले बताए ।

SHARE THIS