चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

PMJAY scheme I Road accident victims to soon get cashless ...
सन्तोषकुमार गुप्ता
दाङ, असार २० । प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको खप्रेङ खोलाबाट दाङको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर आउँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार बिहान दुर्घटनामा परेको हो।

र्दुटनमा परी टिपर चालक नौबहिनी ६ पिपलटारीका ३० बर्षीया रोशन थापा र सहचालक अन्दाजी बर्ष २७ का जोगबहादुर पुनको मृत्यु भएको प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्किले जानकारी दिनुभयो।

भालुवाङ९प्यूठान सडकखण्ड अन्तर्गत सरुमारानी गाउँपालिका वडा नम्बर ६ मोतिपुरस्थित भीरबाट झण्डै ५ सय मिटर तल माडी नदिमा टिपर खसेको जनाइएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर र उद्धारको काम भइरहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


SHARE THIS