सल्यानमा दुई घटनामा परि दुई जनाको मृत्यु

Scooter rider killed in road accident

दाङ, असार २४ । सल्यानमा दुई छुट्टा छुट्टै घटनामा परि दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार कपुरकोट गाउपालिका वडा नम्बर ६ सिन्वाङ निवासी ७१ बर्षिय पूर्ण बहादुर महतराको खोलाले बगाउदा मृत्यु भएको छ ।गत असार २२ गते सोमवारका दिन सोही ठाँउ छोरीको घरमा गएको र २३ गते मंगलवार छोरीको घरबाट फर्किने क्रममा स्थानिय भुरखोलाले बगाएका उनको बुधबार बिहान शव भेटिएको हो ।

यस्तै बाख्रा चराउन जंगल जादैँ गरेका एक बालकको माथीबाट खसेको ढुंगाले टाउकोमा लागेर मृत्यु भएको प्रहरीले बताएको छ । शारदा नगरपालिका १ भगवती खोला निवासी ९ बर्षिय दिनेश बुढाथोकीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

SHARE THIS