दाङमा जुवाको खालबाट १० जना पक्राउ

जुवाको खाल चलाउने ट्रेकिङ पसलका ...
दाङ, असार २२ । दाङमा जुवाको खालबाट १० जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ बाट दुई लाख २५ हजार रुपैयाँसहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा तुलसीपुर–७ का ३६ वर्षीय प्रेमबहादुर सुनार, ३३ वर्षीय रमेश नेपाली, ३९ वर्षीय धनेश्वर विक, ३६ वर्षीय खिमबहादुर सुनार, २७ वर्षीय सन्तोष नेपाली, ३४ वर्षीय निराजन तिवारी रहेका छन् ।
त्यस्तै ३८ वर्षीय शिवकुमार स्वर्णकार, तुलसीपुर–५ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मा, तुलसीपुर–८ का ३५ वर्षीय शोभाराम सुनार र ३९ वर्षीय टंकबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
तुलसीपुर–७ नयाँबस्तीस्थित प्रेम सुनारको घरमा जुवा खेलिरहेको समयमा इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीले आइतबार राति करिब ९ बजेको सयमा उनीहरुालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ।

SHARE THIS