दाङमा कोरोना परिक्षण गर्न नमानेपछि संकलन गरिएको स्वाब बाँके लगीयो

The Potential—and Limits—of Antibody Testing - COVID-19 - Johns ...
दाङ, १९ असार ।
दाङमा कोरोना परिक्षण गर्न नमानेपछि संकलन गरिएको स्वाब बाँके पठाईएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले परिक्षण गरे बापत शुल्क मागेपछि जिल्लाका पालिकाहरुले परिक्षणका लागी स्वाब नेपालगन्ज पठाएका छन् । जिल्लाका तुलसीपुर उपमहानगरपालिका, शान्तीनगर गाउँपालिका र बबई गाउँपालिकाबाट संकलित २६८ स्वाब परिक्षणका लागी नेपालगन्ज पठाईएको सम्वन्धित पालिकाले जानकारी दिएका छन् ।
प्रतिष्ठानले यस अघि पिसिआर विधि मार्फत परिक्षण गरे वापत प्रति व्यक्ति ५५०० रुपैयाका दरले रकम माग गरेपछि स्थानिय पालिकाले जिल्ला बाहिर स्वाब पठाउन बाध्य भएको पालिकाहरुले बताएका छन् । सम्वन्धित पालिकाका अनुसार तुलसीपुरका १७९, शान्तीनगरका ३६ र बबईका ५३ वटा स्वाब संकलन गरि परिक्षणका लागी बाँके पठाईएको हो । प्रतिष्ठानले जिल्लाका दश वटै पालिकालाई पत्राचार गदै पिसिआर विधिबाट परिक्षण गरे वापतको शुल्क माग गरेको बताईएको छ ।

SHARE THIS