नेपालमा थप २५५ जनामा कोरोना भाइरस पुष्टि, २५३ जना डिस्चार्ज

Stopping Coronavirus – What Does the Evidence Say Are the Best ...
काठमाडौं, असार २४ । नेपालमा पछिल्लो २४ घण्टामा २५५ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १६ हजार ४२३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा चारहजार ६९६ पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २४ हजार ४०, आइसोलेसनमा आठ हजार ६३६ रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २५३ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरसबाट निको हुनेको सङ्ख्या ७ हजार ७५२ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । नेपालमा हाल ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेसनमा छन् ।

SHARE THIS