काठमाडौं उपत्यकामा २३ कोरोना संक्रमित फेला, पाँच जिल्लामा संक्रमण शून्य

काठमाडौं  उपत्यकामा २३ कोरोना संक्रमित फेला, पाँच जिल्लामा संक्रमण शून्य 
काठमाडौं,असार २४ । काठमाडौं उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी गराएका छन् ।

 उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र पाटन अस्पतालको प्रयोगशालामा १० जना गरी कुल १६ जनामा काठमाडौंमा देखिएका छन् । पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ७ जनामा कोरोना देखिएको उनले जानकारी दिए ।

त्यसैगरी देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण शून्य देखिएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिएको हो । 

SHARE THIS