दङ्गाली चेली टिका सानुका गीतहरु लगातार युटुबको ट्रेण्डिङ्गमा


हेमराज परिवर्तन
दाङ,साउन २ ।
लकडाउन  यता नेपाली गीतसंगीत क्षेत्र अस्ताएको होकी भन्ने अनुमान गरिएको थियो तर सरकारले लकडाउन विस्तारै खुकुलो बनाए संगै अहिले संगीत क्षेत्र चलाएमान बन्दै गएको छ ।
हिन्दु नेपाली दिदि बहिनीहरुको महानचाड हरितालिका तिज आउनै लाग्दा बजारमा थुप्रै तिज विशेष गीतहरु आईरहेका छन । त्यसैगरी अहिलेकी चर्चित गायीका एवम् लाईभ दोहोरी किङ भनेर चिनीने दाङकी चेली टिका सानुका पनि तिजका दर्जनौ गीतहरु वजारमा आईरहेका छन । उनका बुहारी तीन,बुट्ठा भरेकी,जाम भो भागेर,बचनैले नघोच,चेलीहरुको बेदना जस्ता धेरै गीतहरुले यतिबेला संगीत क्षेत्र तताईरहेका छन । अहिले पनि उनको स्वर र शव्द अनि उनकै अभिनयमा रहेको “बुहारी तीन“ र उनको आवाजमा रहेको “बचनैले भघोच“गीत युटुवमा  ट्रेण्डिङ्गमा बसेका छन ।गत बर्षको बुहारी दुई गीतले सम्पूर्ण दर्शकहरुको मन्मुटुमा बस्न सफल भएको थियो भने यसपालिको तिज कोसेलीले पनि सबै दर्शकको मन जित्न भने पक्कै सफल रहनेछ ।
नेपाली समाजमा घट्ने तितो घटनालाई उदृद गर्दै हरेक नारीहरुलाई सकारात्मक सन्देश  दिनुका साथै अबको समयमा अरुबाट अन्यायमा परेर नबस्न र सशक्त भएर अगाडि बढ्न हौसला दिएको छ । यस्ता गीतसंगीत नेपाली लोक संगीत प्रेमीहरुका  लागी सदैब ताजै र अविस्मरणीय बन्दै जानेछन ।

SHARE THIS