कोरोना भाइरस परिक्षण शुल्क लिने विषय प्रति राष्ट्रिय जनमोर्चाको ध्यानाकर्षण


हेमराज परिवर्तन
घोराही,२१ असार । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङले केही दिन यता जिल्लामा  कोरोना भाइरस परिक्षणका लागी शुल्क (रकम पाँच हजार पाँच सय) लाग्ने विषय प्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज आईतबार एक विज्ञप्ती जारी गर्दै सरकारले कोरोना भाईरसकोे परिक्षण र उपचार निशुल्क गर्ने गरिरहेको समयमा दाङ जिल्लामा रहेको राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान र स्थानीय सरकारहरुको बिचमा एक आपसमा समन्वय नभएको देखिएको र यस्तो विषय संचार माध्यम र नागरिकले समेत थाहा नपाउने गरेर मिलाउनु पर्ने हो तर यो विषयमा प्रतिस्ठान र स्थानीय सरकार गम्भीर नबनेको उक्त बिज्ञप्ती मार्फत जनाएको छ ।
त्यसैगरी राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “ एकातर्फ क्वारेन्टाइन र आइसोलेसनको राम्रो ब्यबस्थापन नगरेका कारण नागरिकमा धेरै गुनासाहरु आइरहेका छ्न । कतिपय क्वारेन्टाइनमा त्यहा बसेका सबै मानिस एक आपसमा घुलमिल भएर बसेका छ्न । त्यही घुलमिल भएको मान्छे मध्य कुनैको पोजेटिभ र कुनैको नेगेटिभ रिपोर्ट आएको छ ।  त्यही आधारमा नेगेटिभ लाई घरमा र पोजेटिभ लाई आइसोलेसनमा पठाउने गरिएको छ । पोजेटिभ र नेगेटिभ स्वाब संकलन गरेपछी साथै बसेको हुनाले त्यो नेगेटिभ रिपोर्ट आउने मानिस स्वाब संकलन पछि संक्रमीत भएको वा पोजेटिभ आउने मध्य बाट भाइरस सरेको पनि हुन सक्छ । त्यसको परिक्षण नगरी घरमा पठाउने गरिएको छ । यदि घरमा गएको मानिस संक्रमीत रहेछ भने उसले समुदायमा फैलाउदै हिडेको छ । यो बिषयमा सरकार गम्भीर भएको देखिदैन । यो कार्य प्रती हाम्रो पार्टी को गम्भी ध्यानाकर्षण भएको छ । उपचार र परिक्षणमा स्थानीय सरकार र प्रतिस्ठान बिचको अंतर्विरोध लाई पनि तत्काल समाधान गर्न जोड दिन चाहान्छौ ।।”
अहिले स्थानीय सरकार लाई क्वारेन्टाइन ब्यबस्थापन, राहात र भारतमा रहेका नेपाली नागरिक ल्याउदा  धेरै लगानी लागेको भन्दै राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा भएको सम्पुर्ण खर्च र त्यसको राम्रो  ब्यबस्थापनको लागि आबस्यक उपकरण र बजेटको ब्यबस्था गर्न केन्द्र सरकार संग अनुरोध गरिएको छ ।


SHARE THIS