भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

थाहा खबर: आज बालबालिकालाई भिटामिन 'ए ...
तिर्थराज ज्ञवाली
असार २२ मसुरीयाँ। 
राप्ती गाउँपालिकाका सम्पुर्ण खोप केन्द्र वाट पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई घरघरमै गएर भोलि खुवाइने छ ।
राप्ती क्षेत्रका ६४ स्यंसेवीकाहरुद्धारा बालबालकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालीएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताउनु
नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन राप्ती गाउँपालिका स्वास्थ्य शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।
गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका गत चैत २१ गते स्थगित गरिएको थियो ।
बालबालिकालाई भिटामिन ए, जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । जुकाको औषधि एक वर्षभन्दा माथिका बालबालिकालाई मात्र दिने गरिएको छ ।



SHARE THIS