तुलसीपुरमा एक युवक बलात्कार आरोपमा पक्राउ

6 Suspects Arrested In A Charge Of Murdering Police Constable ...

तुलसीपुर, २१ असार । बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१६ लक्ष्मीपुर निवासी १८ बर्षका एक युवक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बरपालले जानकारी दिए ।

पिडितले दिएको जाहेरीका आधारमा प्रहरीले युवकलाई आइतबार पक्राउ गरी जबरजस्ती करणी सम्बन्धि मुद्दा चलाएको छ ।
‘केटाले गएको पुष १० गते केटी भगाएर लगेछ,’ प्रनानि डम्बरपालले भने– बैशाख १९ गते कुटपिट गरेर लेखटेपछि जबरजस्ती करणी सम्बन्धी मुद्दा आयो ।’ दुबै जना २० बर्ष नपुगेकाले नाम भन्न नमिल्ने प्रहरीले बताएको छ । युवक १८ बर्ष र युवति १७ बर्षकी छन् ।

SHARE THIS