दाङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, जिल्लामा संक्रमितको संख्या ५ सय ९५ पुग्यो


Rapti Academy of Health Sciences
दाङ, असार १९ । दाङको लमही र राजपुरमा गरी थप ८ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज शुक्रबार गरिएको स्वाब परिक्षणमा लमही नगरपालिकामा ६ र राजपुर गाउँपालिकाका २ जना गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ५ सय ९५ पुगेको छ ।

जस अनुसार लमही नगरपालिका वडा नम्बर ५ मा २२ वर्षका महिला र पुरूष गरी २ जना, सोही वडाकै २३ र १२ वर्षका बालिका, ३ नम्बर वडाका ३० वर्षीया महिला, २ नम्बर वडामा २८ वर्षका पुरूषमा कोरोना पुष्टि भएको छ ।

यस्तै राजपुर गाउँपालिका वडा नम्बर २ का ३० वर्षका पुरूष र ७ नम्बर वडामा २८ वर्षका पुरूषमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जानकारी दिएको छ । ३१ जनाको पिसिआर परिक्षण गर्दा २३ जनाको नेगेटिभ र ८ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।


SHARE THIS