नेकपाको १४ जिल्लाको माग- पार्टी टुटफुट नगरियोस्

नेकपाको १४ जिल्लाको माग- पार्टी टुटफुट नगरियोस्
विराटनगर,२१ असार। प्रदेश १ का नेकपा जिल्ला कमिटीले पार्टीको विषयमा सुझबुझपूर्ण निर्णय गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

नेकपा मोरङको विराटनगरस्थित कार्यालमा १४ वटै जिल्ला कमिटीका तर्फबाट आज गरिएको पत्रकार सम्मेलनमा नेकपामा उत्पन्‍न विवाद समाधान गर्न र टुटफुट तथा विभाजन रोक्न माग गरिएको छ।

नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले एकताई थप मजबुत र एकताबद्ध बनाएर अघि बढाउन माग गरे । नेकपा केन्द्रीय सदस्य गुरु बरालले सरकार सञ्‍चालनमा समस्या भए छलफलबाट टुंग्याउन माग गरे ।

१४ वटै जिल्ला कमिटी अध्यक्ष र सचिवले संयुक्त विज्ञप्ति प्रकाशित गरी एकता कमजोर नपार्न माग गरे । पत्रकार सम्मेलनमा प्रदेशका सांसद समेत उपस्थित थिए ।

SHARE THIS