११ वर्षकी कञ्चन आँप खान चाहन्थिन्, बलात्कारीले उनलाई मारेर फालिदिए

कारबाट तानेर युवतीलाई १० जनाले गरे ...

नेहा झा
जनकपुरधाम, असार २२ । ११ वर्षीया कञ्चनको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका सिंहलाई सार्वजनिक गर्दै धनुषा प्रहरी।  बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका सिंहलाई सार्वजनिक गर्दै धनुषा प्रहरी।
धनुषामा ११ वर्षीया बालिका कञ्चन पंजियारको बलात्कारपछि हत्या भएको खुलेको छ।

कञ्चन गत बुधबार घरबाट भैंसी चराउन गएकी थिइन्। आँप बगैंचानजिकै भैंसी चराइरहेकी उनलाई आँप खान मन लाग्यो।  आँप टिप्न उनी चौधरी र मिश्र इन्ड्रष्टिजमा गइन्। उनी रूख चढ्न सकिनन्।

त्यहीबेला  इन्ड्रष्टिजमै काम गर्ने दीपु सिंह आए। भारत उत्तर प्रदेशको मलिहावादका ३२ वर्षीय सिंह झन्डै पाँच महिनादेखि सोही इन्ड्रष्टिजमा काम गरिरहेका थिए।

उनले कञ्चनलाई म आँप टिपेर दिन्छु भने। उनले पत्याइन्। उनको पछि लागिन्।

तर सिंहले कञ्चनलाई आँप टिपेर दिएनन् बरू पछाडिपट्टीको बगैंचामा लगेर बलात्कार गरे।
शुक्रबार बिहान अर्धनग्न अवस्था  कञ्चनको शव फेला पर्‍यो। प्रहरीले अनुसन्धान थाल्यो।

हत्या आशंकामा आइतबार सिंह प्रकाउ परे।
धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार सिंहले बलात्कारपछि कञ्चनको हत्या गरेको स्वीकारेका छन्।

कञ्चनको शवलाई उनले ब्ल्यांकेटमा बेरेर शुक्रबार बिहान ३ बजेतिर दुधमती नदीको पश्चिमतिरको झाडीमा फालेको र ब्ल्यांकेट भने ५० मिटर पश्चिम दीलिप चौधरीको खेतमा पुरेका रहेछन्,’ बस्नेतले भने।

पक्राउ परेका सिंहऊपर जबरजस्ती करणी गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने भएकाले घटना बारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले कञ्चनको हत्या आशंकामा एक अघोरी बाबा सहित १८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको थियो।

सिंहले बलात्कार गरेको स्वीकारेपछि प्रदेश नम्बर २ प्रहरी कार्यालय तथा संघीय प्रहरी इकाइ कार्यालय जनकपुरबाट संयुक्त रूपमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए।


SHARE THIS