तुलसीपुरमा करेन्ट लागेर एक ब्यक्ति घाईते

गृहपृष्ठ - Tulsipur Khabar
दाङ, असार १९ । तुलसीपुरमा करेन्ट लागेर एक ब्यक्ति घाईते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बन्कट्टीमा बिजुलीको पोल बाट पोलमा लाईन जोड्ने क्रममा सुरेन्द्र चौधरी घाईते भएको प्रहरीले बताएको छ ।

तुलसीपुर १४ लुवाडवरा बस्ने २५ बर्षिय चौधरी स्वर्गद्धारी बिद्युत कम्पनीको कर्मचारी रहेको बुझिएको छ। करेन्ट लाग्दा उहाँको दुबै हात र खुट्टामा चोट दिखिएको बताइएको छ ।

चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका बरिष्ठ प्रहरी उपरिक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो ।

SHARE THIS