वडाध्यक्षमाथि आक्रमण गरेको आशंकामा तीनजना पक्राउ

कैद सजाय तोकिएका फरार प्रतिवादी ...
दाङ,१७ असार । दाङको शान्तिनगर गाउँपालिका वडा २ का अध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता ९प्रहरी निरीक्षक० चक्रडम्मर पालले मंगलबार राति पक्राउ परेका तीनै व्यक्तिमाथि अनुसन्धान भइरहेको जानकारी दिए । मंगलबार विहान वडाध्यक्ष फर्साराम डाँगीमाथि एक अपरिचित समूहले कार्यकक्षमै प्रवेश गरी लाठी तथा रडले आक्रमण गरी सख्त घाइते बनाएको थियो ।

घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि मंगलबारै थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ ।  वडाध्यक्ष डाँगीमाथि भएको आक्रमणको जिम्मा सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको छ । शान्तिनगर गाउँपालिकाका सेक्रेटरी कमल सिंहको नाममा वडा कार्यालयमा फेला परेको विज्ञप्तिमा घटनाको जिम्मा लिइएको छ ।

विज्ञप्तिमा वडाध्यक्षले गुन्डागर्दी गरेको, विकासका काम आफन्तलाई दिएर कमिसन खाएको, जुवा तास खेलाउनेजस्ता कार्य गरेको आरोप लगाइएको छ ।

SHARE THIS