भारतमा काेराेना : सङ्क्रमितकाे सङ्ख्या सात लाख नाघ्याे

भारत कोरोना संक्रमित सबैभन्दा ...
काठमाण्डौ,असार २३ – भारतमा पछिल्लो केही हप्तायता कोरोना भाइरसको प्रकोप बढिरहेको छ । दैनिक सङ्क्रमणको दर बढ्दै जाँदा प्रकोप बढ्दै गएको हो ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या सात लाख नाघेको छ । अहिलेसम्म सात लाख १९ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये चार लाख ३९ हजार नौ सय ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा २२ हजार दुई सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख ५९ हजार पाँच सय ५७ भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण चार सय ६७ जनाको मृत्यु भएपछि कुल मृतकको सङ्ख्या २० हजार एक सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

इण्डियन काउन्सिल अफ् मेडिकल रिसर्चका अनुसार ६ जुलाईसम्म भारतमा कोभिड–१९को एक करोड दुई लाख ११ हजार ९२ जनाको नमुना लिइएको छ ।

आईसीएमआरका अनुसार भारतमा प्रत्येक दिन औसत दुई लाख जनाको नमुना सङ्कलन भइरहेको छ ।  

SHARE THIS