वडाध्यक्षको सम्पुर्ण उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

शान्तिनगर गाउँपालिकाको आफ्नै भवनमा ...
  
दाङ, २२ असार । वडाध्यक्षको हेलिकप्टर देखि सम्पुर्ण औषधि उपचार खर्च शान्तिनगर गाउँपालिकाले व्यहोर्ने भएको छ । कार्यकक्षमै कुटपिट गरेकाले वडाध्यक्ष फर्साराम डाँगीको उपचारमा लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्ने  गरि कार्यपालिकाले निर्णय गरेको शान्तिनगर गाउँपालिका प्रवक्ता रबि बुढाथोकीले जानकारी दिए । त्यसैगरी घटना निन्दनिय भएको भन्दैे घोर भ्रत्सना एवम् स्वास्थ्य लाभको कामना गर्ने समेत कार्यपालिको निर्णय गरेको छ ।

अहिलेसम्म हेलिक्पटरको ३ लाख ५० हजार रुपैयाँ खर्च आएको छ,’ प्रवक्ता बुढाथोकीले भने– ‘उपचार काठमान्डौको हेम्समा भइरहेको छ । त्यसको खर्च आएको छैन जति लाग्छ गाउँपालिकाले व्यहोर्छ ।’

बैठक गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीको अध्यक्षतमा बसेको थियो । शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्सारामा डाँगीमाथि असार १६ गते कुटपिट भएको थियो । कुटिपटको विप्वल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले  जिम्मा  लिएको थियो ।


SHARE THIS