प्रचण्ड, नेपाल, खनाल र गौतमसँग प्रधानमन्त्री ओलीको छुट्टै बैठक

1140x725
काठमाडौं,असार १८ । स्थायी कमिटी बैठककै क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताको छुट्टै बैठक बसेको छ। स्थायी कमिटिको बैठक चलिरहेकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट पक्षका शीर्ष नेताको बैठक सुरु भएको हो।
बैठकमा प्रधानमन्त्री ओलीसहित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमबीच वार्ता छुट्टै वार्ता बसिरहेको छ।

मन्त्रिपरिषद बैठक सकिएपछि सुरु भएको स्थायी कमिटीको बैठक सुरु भएको केही बेरमा शीर्ष तहका नेताहरू छुट्टै बैठकका लागि निस्केका हुन्। महासचिव पौडेल अन्य नेताभन्दा केही बेरपछि शीर्ष नेताको बैठकमा सहभागी भएका हुन्।
यसैबीच, मन्त्रिमण्डलका केही सदस्यले दुई अध्यक्षबीच छुट्टै बैठक गर्न पहलसमेत गरेको बुझिएको छ।

SHARE THIS