पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग
काठमाडौं,१७ असार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

बुधबारबाट लागु हुने गरी मूल्यवृद्धि भएपछि नेविसंघ अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै लकडाउनका कारण जनताको आर्थिक अवस्था कमजोर बनेका बेला भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

बुधबारबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेलमा २÷२ रुपैयाँ वृद्धि भएको थियो । नेविसंघले वृद्धि भएको रकम नघटाए निर्णायक संघर्षमा उत्रने चेतावनी पनि दिएको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च बढ्ने र त्यसले उपभोग्य वस्तुको मूल्य बढाउँदा उपभोक्ता मारमा पर्ने नेविसंघको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाका कारण संकटमा रहेका नागरिकको घाउमा पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा मल्हम लगाउनुको साटो नुनचुक छर्किएको नेविसंघको आरोप छ । 

SHARE THIS