थप २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो


काठमाडौं,असार २३ ।
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । आज २०४ जना संक्रमित थपिएका छन् । सोमबार १८० जना थपिएका थिए । आइतबारसम्म १५ हजार ७८४ जना संक्रमित थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् । उनले हालसम्म काठमाडौंमा समुदायमा कोरोना संक्रमण नफैलिएको पनि जानकारी दिए ।

यस्तै निको हुनेहरु आज ६८८ जना थपिएका छन् । सोमबार २६४ जना निको भएका थिए । हालसम्म ७ हजार ४९९ जना निको भएका छन् । कूल संक्रमितको ४६ प्रतिशत निको भएका छन् ।

यस्तै कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ । सोमबार बाग्लुङका २९ वर्षिय पुरुषको मृत्यु भएको छ । नेपालका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका छन् ।

SHARE THIS