तुलसीपुर ५ का वडा अध्यक्ष शाहलाई मोटरसाईकलले ठक्कर दिदा घाईते


 
तुलसीपुर, २० असार । मोटरसाईकलले ठक्कर दिदा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष विरेन्द्र शाह घाईते भएका छन् । शनिवार विहान साढे आठ बजेतिर आफनै घर अगाडी उभिरहेको अवस्थामा तिव्र गतिमा आएको रा ५ प ५५३ नम्वरको मोटरसाईकलले ठक्कर दिदा वडा अध्यक्ष शाह घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । उनको खुट्टामा चोट लागेको छ ।

घाईते शाहको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी काठमाडौ लैजाने तयारी भईरहेको प्रहरीले बताएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियनत्रणमा लिएको छ ।

SHARE THIS