दुई युवती बेली जंगलमा मृत फेला

जगंलभित्र दुई युवती मृत फेला
 
दाङ, २० असार । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा दुई युवतीको शव भेटिएको छ । धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टका अनुसार घटना स्थलमा विषादी पदार्थ फेला परेको हुदा उनीहरुले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । शव भेटिएको स्थान नजिकै सेल्फास नामक विषादी फेला परेको विष्टले जानकारी दिए।

दुवै शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । प्रहरीका अनुसार दुवै युवतीहरु सँगै बस्दै आएका थिए। करिश्मा वडा नम्बर ७ मै रहेको आफ्नो दिदीको घरमा बस्ने गरेकोमा केही वर्षयता गोमाकै घरमा बस्दै आएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

SHARE THIS