भोली देखी तुलसीपुर बजार पनि ५ बजेसम्म खुल्ने


प्रहरीले बल प्रयोग गरेको भन्दै ...
तुलसीपुर, १९ असार । दैनिक बिहान १२ बजेसम्म खुल्दै आएको तुलसीपुर बजार ५ बजे सम्म खुल्ने भएको छ । कोभिड–१९ को संक्रमणलाई लक्षित गरेर बिहान १२ बजेसम्म खुल्दै आएको तुलसीपुर बजार साँझ ५ बजेसम्म खुल्ने भएको छ ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘सामाजिक दूरी र अन्य सुरक्षा व्यवस्था अपनाएर साँझ ५ बजेसम्म बजार खुला गर्ने निर्णय भएको छ’, विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमणको अवस्था हेरेर समय पनि हेरफेर गरिने भएको छ । असार मसान्तको समयमा १२ बजेसम्म मात्रै पसल खोल्दा व्यवसायीहरु मारमा परेको भन्दै विभिन्न व्यावसायिक संगठनहरुले विरोध जनाउँदै आएका थिए । चर्को विरोध र सबैको अनुरोधमा यो निर्णय भएको हो । ५ बजेसम्म पसल खोल्न निर्णय गरे पनि भीडभाड हुने होटल, जिम क्लब, नाइलगायतका पसल भने नखुल्ने भएका छन् ।

SHARE THIS