गृह मन्त्रालयद्धारा प्रहरी महानिरीक्षकमा शैलेश थापा

असार २३
गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई सिफारिस गरेको छ । गृहमन्त्री मन्त्रालय स्रोतका अनुसार, वरिष्ठताका आधारमा थापालाई आईजीपीका लागि सिफारिस गरिएको हो ।
मंगलबार दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकले थापालाई आईजीपीमा नियुक्ति गर्ने स्रोतको भनाई छ । आईजीपीको दाबेदारका रुपमा थापासँगै एआईजी हरिबहादुर पाल पनि छन्।

गृह मन्त्रालयले सिफारिस गरेपनि प्रधानमन्त्रीले नचाहेमा सिफारिस फेरिने गरेको विगत पनि छ । तर वरिष्ठताको आधारमा थापा एक नम्बरमा भएको कारण वरियता अनुसार नै आईजीपी नियुक्तीको तयारी स्रोतको भनाई छ ।
थापाले २०७९ वैशाख १९ गतेसम्मका लागि प्रहरी संगठनको नेतृत्व गर्नेछन्। बुधबार ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा हदका कारण अवकास पाउँदैछन्।

SHARE THIS