नवनियुक्त प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्ह लगाए



काठमाडौं, असार २५ । नवनियुक्त प्रहरी महानिरीक्षक आईजीपी शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह लगाएका छन् ।

गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रमका बीच गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको छ ।

बिहीबारैबाट थापाले महानिरीक्षकको कार्यभार सम्हाल्नेछन् ।


SHARE THIS