पछिल्लो २४ घण्टामा १८० कोरोना संक्रमित थपिए, २६४ डिस्चार्ज

पछिल्लो २४ घण्टामा  १८० कोरोना संक्रमित थपिए, २६४ डिस्चार्ज
काठमाडौं,असार २२ । नोभेल कोरोना भाइरसका १८० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८० संक्रमित थपिएका हुन् ।
नेपालमा यसअघि असार १९ गते शुक्रबार एकैदिन ७४० कोरोना भाइरस संक्रमित थपिएका थिए ।
कुल कोरोना संक्रमितको संख्या १५ हजार ९६४  पुगेको छ ।
देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार ८८१ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २६४ जना डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरका २५ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ४  हजार ७२१ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्‍न क्‍वारेन्टिनमा २९ हजार २१५ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ११८ कोरोना संक्रमितहरु रहेका छन् ।
हालसम्म देशभर ३२ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
काठमाडौंमा समुदायमा संक्रमण फैलिएको छ कि छैन भनेर तिनकुने र नख्खुटोलका २२८ जनाको नमुना संकलन गरी कोरोना परीक्षण गर्दै सबैको रिपोर्ट नेगेटिभ देखिएको प्रवक्ता गौतमले जानरकारी दिए । उनका अनुसार विभिन्‍न स्थानबाट संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट आउने क्रम जारी छ । 

SHARE THIS