नेपाली सेनाको प्रवक्तामा पौडेल

नेपाली सेनाका प्रवक्तामा ...

काठमाडौं, असार २० ।  नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी सन्तोषबल्लभ पौडेलले पाएका छन्।

सैनिक मुख्यालयस्थित १५ बाहिनीपति रहेका सहायक रथी पौडेललाई नेपाली सेनाले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

हालका प्रवक्ता विज्ञानदेव पाण्डेले सहायक रथी पौडेललाई प्रवक्ताको जिम्मेवारी हस्तान्तरण गरिसकेका छन् ।

सहायक रथी पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।


SHARE THIS