सर्पले डसेर गम्भिर बिरामी परेका केसीलाई बाँके रिफर गरियो

सर्प - मूल्याङ्कन अनलाइन

तुलसीपुर, २२ असार । सर्पले डसेर गम्भिर विरामी परेका तुलसीपुर उपमहानगरपालिका ८ दुधेना बस्ने बर्ष ३१ को जगत बहादुर केसीलाई थप उपचारका लागी बाँके रिफर गरिएको प्रहरीले बताएको छ ।

सोमवार दिउँसो १ बजेतिर खेतमा विषालु सर्पले डसेर बिरामी परेका उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी बाँके भेरी अस्पतालमा रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

SHARE THIS