कांग्रेसद्वारा कर्णाली प्रदेश सभा बैठक बहिष्कार



सुर्खेत, असार २० । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेश सभा बैठक बहिष्कार गरेको छ।

शनिबार बसेको बैठकमा कांग्रेस सांसदहरू उपस्थित नै भएनन् । मन्त्रालयहरूको छुट्टाछुट्टै योजनासहित किताब नआएपछि बैठकमा भाग नलिइएको विपक्षी दलका नेता जीवनबहादुर शाहीले बताए । उनले भनेका छन्, ‘सबै मन्त्रालयहरूको बजेट किताब मन्त्रालयगत रुपमा नआइसकेको कारण हामी बैठकमा सहभागी नभएका हौं ।’


SHARE THIS