दाङका क्वारेन्टाईन खाली हुदै, घोराहीमा ४८, तुलसीपुरमा ५ वटा खाली

कोरोना जोखिम :क्‍वारेन्टाइन रित्तै ...

दाङ, असार २२ । दाङमा विस्तारै क्वारेन्टाईनहरु खाली हुन थालेका छन् ।

लामो समय देखी क्वारेन्टाईनमा बसेकाहरु घर फर्के संगै जिल्लाका क्वारेन्टाईन खाली हुन थालेका छन् । तुलसीपुर उपमहानगरपालिकाले सन्चालन गरेका क्वारेन्टाईन कुनै समय भरीभराउ हुने गदथ्यो । तर अहिले पाँच वटा क्वारेन्टाईन खाली भएका छन् । क्वारेन्टाईनमा बसेका नागरिक घर पठाएपछि क्वारेन्टाईन खाली हुने क्रमम बढेको हो ।

कोभिड १९ तुलसीपुरका फोकल पर्सन बिमल केसीका अनुसार सोमवार विहान सम्म उरहरी मावि क्वारेन्टाईन, खौसापुर क्वारेन्टाईन, बालापुर मावि क्वारेन्टाईन , रक्षाचौर मावि क्वारेन्टाईन र राप्ती लाईफ केयर हस्पिटल क्वारेन्टाईन खाली रहेको छ । त्यस बाहेक अन्य विभिन्न क्वारेन्टाईनमा गरी २०८ जना बसेका छन् । घोराहीमा हाल सम्म ४८ वटा क्वारेन्टाईन खाली रहेको उपमहानगरपालिकाले जनाएको छ । घोराहीका विभिन्न क्वारेन्टाईनमा गरी अझै तिन सय बढि मानिस बसेका छन् ।

SHARE THIS