बारामा मास्क प्रयोग नगर्दा १०२ जनाले तिरे जरीवाना

Face Masks and Surgical Masks for COVID-19: Manufacturing ...

वीरगञ्ज, असार २२ । बारा प्रहरीले मास्क प्रयोग नगर्ने १०२ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । कोरोना भाइरसको महामारीको समयमा मास्क प्रयोग नगर्नेलाई नियन्त्रणमा लिएको बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति एक सय जरिवानापश्चात उनीहरूलाई छाडिएको मिश्रले बताए ।

मास्क नलगाई व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चलाउने चालक, पैदल हिँडडुल गर्ने पैदल यात्रीहरूलाई केही दिनयता बारा प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमार्फत जरिवाना तिराएर छोड्ने गरेको छ ।

SHARE THIS