संसद रोकिएपछि कांग्रेसको आक्रोश : ‘जनताको जीवन प्रधान कि सत्ताको राजनीति?’

विश्वप्रकाश शर्मा भन्छन–'वर्तमान ...
काठमाडौं,असार १८– सत्तारुढ दलभित्रको विवादको दुस्प्रभाव संसद अधिवेशनमा देखिनु दुःखद र आपत्तिजनक रहेको कांग्रेसले जनाएको छ। राजनीतिक दलभित्रको द्वन्द्वले अधिवेशन हठात् अन्त्य गरेर सरकारले घोर उदासीनता प्रकट गरेको कांग्रेसले जनाएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीको समयमा संसद बैठक रोक्नुले जनताप्रति सरकार उदासीन रहेको पुष्टि भएको प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कोरोना नियन्त्रण र रोकथाम उच्च गम्भीरतासाथ सिंगो संसदले साझा दृष्टि तय गर्ने समयमा हठात् सदन रोकेको प्रति कांग्रेसले आपत्ति जनाएको हो।
संसद अप्रत्यासित रोकिएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेसले जवाफ मागेको छ, ‘जनताको जीवन प्रधान कि सत्ताको राजनीतिरु’ अधिवेशन आह्वान र अन्त्य गर्ने स्थापित प्रक्रियालाई सरकारले वेवास्ता गरेको शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कोरोना सिर्जित चुनौती, संकल्प प्रस्तावदेखि एमसिसी हुँदै अन्य महत्वपूर्ण विधेयकहरु बारे निश्चित टुंगोमा नपुगी अधिवेशन अन्त्य गरिनु दुःखद भएको कांग्रेसले जनाएको छ।
संसद अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल कांग्रेससँग परामर्श नभएको पनि शर्माले प्रष्टाए।

SHARE THIS