पहिरो जाँदा गुल्मीमा दुई जना वेपत्ता


धादिङमा पहिरो, पाँचजनाको ज्यान गयो ...
तम्घास, असार १९ । गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा दुई जना वेपत्ता भएका छन् । दुई जनालाई उद्धार गरिएको छ ।
इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर विष्टले  भने, ‘एक जना महिला र एक जना पुरुषलाई स्थानीयवासीले उद्धार गरे । अर्का एकजना महिला र एकजना पुरुष वेपत्ता छन् । गाउँपालिका अध्यक्ष विष्टका अनुसार गएरातिदेखि परेको पानी कारण पहिरो जाँदा सो स्थानमा १५–२० घर जोखिममा समेत परेका छन् ।

उद्धारका लागि सदरमुकाम तम्घासबाट नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीलाई बोलाइएको अध्यक्ष विष्टले बताए । घटनास्थल सदरमुकाम तम्घासबाट करिब तीन घण्टा पैदल दुरीमा पर्दछ ।

पहिरोले इश्मा गाउँपालिकाका अन्य वडाहरुमा पनि क्षति पु¥याएको छ । गाउँपालिका अध्यक्ष विष्टले दिएको जानकारी अनुसार वडा नं। ४ को रातापानी र न्वाल भन्ने स्थानमा १४ घर परिवार विस्थापित भएका छन् । यसैगरी छोरेडाँडाका पाँच घर परिवार पनि बिस्थापित भएका छन् ।

ढाँडको कालिका निमाविको भवन पहिरोले भत्काएको छ ।
वडा नं १ को जुकेपानी, वडा नं ५ को सिलार भन्ने स्थानमा पनि पहिरोले क्षति पु¥याएको गाउँपालिका अध्यक्ष विष्ट बताउँछन् ।

अविरल वर्षासँगै आएको पहिरोका कारण बाटाघाटा अवरुद्ध छन् । बाटो अवरुद्ध हुँदा आवत–जावत गर्न कठिनाइ भएको छ ।


SHARE THIS