जग्गा दाबी भारतको, लालपुर्जा र नक्सा नेपालीको हातमा


कैलाली,असार २४ । नेपाली भूभाग अतिक्रमणबाट जोगाउने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्बास नगरपालिकाका गोविन्द गौतम शहीद भएको चार वर्ष बिते पनि सीमा विवाद झन् बढ्दै गएको छ ।


कञ्चनपुरका विभिन्न स्थानमा भारतले सीमा अतिक्रमणको प्रयास जारी राखेको छ । पछिल्लो समय भारतले बेलौरी नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने पर्चुईस्थित हुलाकी सडक निर्माणमा अवरोध गर्दै आएको छ ।


भारतले दावी गरेको क्षेत्रमा कयौं नेपालीको लालपुर्जासहितको जमिन पर्दछ । जमिनको नक्सा, लालपुर्जासमेत हुँदा पनि भारतले उक्त जमिनलाई आफ्नो दावी गर्न थालेपछि बेलौरीबासी तनावमा छन् ।

SHARE THIS