फेसबुकमा भिडियो लाइभ गरेर तुलसीपुरकी एक युवतीले गरिन आत्महत्या


घोराही,१८ असार । दाङकाे तुलसीपुरमा एक युवतीले सामाजिक सञ्जाल फेसबुकमा भिडियो लाइभ गरेर आत्महत्या गरेकी छन । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी अन्दाजी २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ गरेर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी जानकारी दिनुभयो ।
त्यसैगरी गौतमको केहि समय अगाडि श्रीमान संग डिभोर्स भएको तुलसीपुर प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । उनकी छोरी पहिलेकै श्रीमान संग बस्दै आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।
उनका बुवा आमा भारतमा काम गर्न गएकाले उनी कोठामा एक्लै बस्ने गरेकी थिईन । मृतक युवतीको शव पोष्टमार्टमका लागि राप्ती प्रादेशीक अस्पतालमा राखिएकाे र घटनाबारे थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

SHARE THIS