खेत रोप्न जाने क्रममा नदिमा डुवेर मृत्यु

पौडी खेल्ने क्रममा डुवेर तीन युवाको ...
दाङ, ८ असार ।
पानीमा डुवेर दाङ र कपिलबस्तुमा दुई बालबालिका सहित तिन जनाको मृत्यु भएको छ । पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार दाङमा आईतवार बेलुकी पाँच बजेतिर राप्ती नदीमा डुवेर गढवा गाउँपालिका २ पचाहा बस्ने ३५ बर्षिय दिनदयाल चौधरीको मृत्यु भएको हो । उनी राप्ती नदि तरेर खेत रोप्न जाने क्रममा सोही नदिमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ ।
यस्तै कपिलबस्तुमा पानीमा डुवेर दुई वालबालिकाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ बर्गदवा बस्ने उमेश थारुचौधरीको छोरी अन्दाजी ७ बर्षिया बालिका माया थारुचौधरीको आईतवार पानीमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । विहान घर देखी बेपत्ता भएकी बालिकाको खोज तालस गर्दा घर देखि १०० मिटर उत्तरतर्फ रहेको आफ्नै माछा पोखरीको छेउमा पानिमा डुबि मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
कपिलवस्तु नगरपालिका ३ करमपुरमा पनि एक बालकको पानीमा डुवेर मृत्यु भएको छ । सोहि ठाउँका जयकरण केवटको छोरा ५ बर्षिय बालक आईतवार बेलुकी आफ्नै घरदेखी पुर्वतर्फ रहेको खेतको खाल्टोमा डुवेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राज कुमार बैदवारले जानकारी दिएका छन् ।

SHARE THIS