बेलझुण्डीमा क्षमता भन्दा बढि संक्रमित


Dang's health workers struggle to find accommodation to self ...
दाङ, जेष्ठ १९ 
कोरोना संक्रमित बढ्दै जाँदा दाङको बेलझुण्डीमा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा संक्रमितलाई उपचार गर्न समस्या पर्न थालेको। कोरोना संक्रमित भरिभराउ भएपछि प्रभावकारी सेवा सुविधा दिन समेत समस्या सुरु भएको छ ।
५० जनासम्म संक्रमित राखेर उपचार गर्न सक्ने क्षमता रहेको अस्पतालमा हाल ५१ जना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ । अस्पताल भरिभराउ भएपछि अब थप बिरामी राख्न नसक्ने कोरोना विशेष अस्पताल बेलझुण्डीका सदस्य सचिव डाक्टर सर्वेश शर्माले जानकारी दिनुभयो । ‘५१ जना कोरोनाका बिरामी भर्ना भएका छन् । उनीहरुको पहिलो रिपोर्ट नेगेटिभ आएपछि राख्नका लागि पनि छुट्टै ठाउँको आवश्यक पर्दछ ।’ सदस्य सचिव डा। शर्माले भन्नुभयो ‘अव थप कोरोना संक्रमित राख्ने अवस्था यहाँ छैन, छुट्टै व्यवस्था गर्नुपर्छ ।’

यो भन्दा थप बिरामी आएमा राख्ने ठाउँ र जनशक्ति पनि नपुग्ने अस्पतालले बताएको छ । अस्पताल भरिएकाले अब राख्ने ठाउँ नभएको बताउदै थप कोरोना संक्रमितलाई राख्नका लागि व्यवस्थापन समितिले आईसोलसेन वार्डसहितको व्यवस्था मिलाउनु पर्ने डा। सशर्माले बताउनुभयो । अस्पतालमा भर्ना भएका ५९ जना मध्य ८ जना कोरोना जितेर घरमा फर्किसकेका छन् । कोरोना अस्पतालमा अहिले दाङ सहित बाँके, वर्दिया, अर्घाखाँची, रुपन्देही, रुकुमपूर्व र कपिलवस्तुका गरी ५१ जना कोरोना संक्रमित भर्ना भएका छन् ।
संक्रमित पोजेटिभ देखिएको ७–७ दिनमा पुनः परीक्षण गरिन्छ भने परीक्षण गर्दा नेगेटिभ देखिएमा दुई दिनपछि पुनःपरीक्षण गरिन्छ । दोस्रोपटक पनि रिपोर्ट नेगेटिभ आएमा कोरोना निको भएको मानिन्छ । कोरोना विशेष अस्पतालमा संक्रमित राख्ने ठाउँ नभएपछि तुलसीपुर र घोराही उपमहानरपालिकाले आफनो क्षेत्रका संक्रमित राख्न आइसोलेशनको व्यवस्थापन थालेको जनाएका छन ।
तुलसीपुर उपमहागनरपालिकाले नगर क्षेत्रमा थप कोरोना संक्रमित भेटिएमा राख्नका लागि आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको बताएको छ । ‘हामी तयारी अवस्थामा छौ ।’ तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले भन्नुभयो, ‘यदि तुलसीपुरका १९ वटा वडामा कोरोना संक्रमित भेटिएमा राख्नका लागि दोघरेमा रहेको तुलसीपुर उद्योगवाणीज्य संघको सभाहल तयारी अवस्थामा राखेका छौ । चिन्ता गर्नु पर्दैन । ’
यता घोराही उपमहानगरपालिकाले पनि नगरका कुनै पनि व्यक्तीलाई बाहिर जान नपर्ने गरी तयारी थालेको बताएको छ । ‘हामीले आईसोलेसन वाड कहाँ बनाउने भनेर छलफल गर्दै छौ,’ घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले भन्नुभयो ‘२÷३ दिन भित्रमा तयार गर्छौ ।’

SHARE THIS