राष्ट्रपतिले शितल निवास बोलाइन् पूर्वप्रधानमन्त्री र दलका प्रमुख नेतालाई

President Bhandari contributes two months' salary in govt. fund ...
काठमाडौं,असार १० । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका  प्रमुख नेताहरूसँग बुधबार साँझ शितल निवासमा  सामुहिक छलफल गर्ने भएकी छन्। 

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार समसामयिक विषयमा छलफल गर्न नेताहरूलाई साँझ पाँच बजे शितल निवास बोलाइएको जानकारी दिए।

‘कोरोनाभाइरसको महामारी, नागरिकता विधेयकलगायत समसामयिक विषयमा दलका नेताहरूसँग कुराकानी गर्न लाग्नुभएको हो,’ अधिकारीले भने।


No description available.
जनता समाजवादी पार्टी९जसपा०का नेता राजेन्द्र महतोले  राष्ट्रपति कार्यालयबाट चियापानका लागि निम्तो आएको बताए।

राष्ट्रपति कार्यालयबाट चियापानका लागि खबर आएको छ, महतोले भने, को को नेतालाई किन बोलाइएको भनेर भने मलाई थाहा भएन।

SHARE THIS