कोरोना भाइरस दाङमा थप ८ जना थपिए, प्युठानका एक जनामा पनि संक्रमण पुष्टि

राप्ती स्वास्थ्य विज्ञान ...

दाङ, जेष्ठ २० 
दाङमा मंगलबार थप ८ जना कोरोना संक्रमित थपिएका छन् । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परिक्षणमा ९ जनामा कोरोना पुष्टि भएकोमा ८ जना दाङका रहेका छन् भने एक जना प्युठानका रहेका छन्। प्रतिष्ठानका कायममुकायम कैलाश प्रसाद देवका अनुसार नयाँ कोरोना संक्रमित हुनेमा दाङका बंगलाचुली गाउँपलिका ६ जना र राप्ती गाउँपालिकाका २ जना रहेका छन् । यससँगै दाङमा संक्रमितको संख्या ५१ पुगेको छ ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ७ का २९ वर्षका पुरुष १ जना, वडा नम्बर ५ का १९, २७, ३१, ३२ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको देवले बताउनुभयो । त्यस्तै राप्ती गाँउपालिका–१ का १८ वर्षका एक जना र वडा नम्बर ९ का ५५ वर्षका एक जना पुरुषमा कोरोना संक्रम देखिएको छ । संक्रमित सबै भारतबाट आएका हुन् ।

बंगलाचुलीका सरस्वती मावि जवरकोट र सुडा मावि झेलनेटको क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिहरुमा संक्रमण देखिएको छ । त्यस्तै राप्ती गाउँपालिकाको नवप्रतिभा आधारभूत विद्यालय र आदर्शमाविको क्वारेन्टाइनमा बस्दै आएका व्यक्तिमा संक्रमण देखिएको हो ।
प्रतिष्ठान मै गरिएको परिक्षणमा प्युठानको स्वर्गद्धारी नगरपालिका वडा नम्बर ४ का एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनी अमर क्याम्पस प्युठानको क्वारेन्टाइमा बस्दै आएका छन् । उनी पनि भारतबाट आएको बुझिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।

आज प्रतिष्ठानमा १९४ वटा नमूना परिक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १८५ जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा आजसम्म गरिएको परिक्षणमा दुई हजार ८९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १२४ जनाको पोजेटिभ आएको छ ।

SHARE THIS