कर्णालीमा थप २५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १३०० नाघ्यो


Corona Virus in Nepal
सुर्खेत, असार, ९ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखका १९ , सुर्खेतका ५ र कालीकोटका एकजनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १३०७ पुगेको छ भने ५६० डिस्चार्ज भएका छन् ५ जनाको मृत्यु भएको छ ।

SHARE THIS