महाधिवेशनको नयाँ कार्यतालिका बनाउन कांग्रेस शीर्ष नेताको बैठक बस्दै

1140x725
काठमाडौं,१४ असार । १४ औं महाधिवेशनको नयाँ कार्यतालिका बनाउन नेपाली कांग्रेसले शीर्ष नेताको बैठक बोलाएको छ।
कोभिड(१९ का कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि नयाँ कार्यतालिकामा छलफल गर्न शीर्ष तहका नेतालाई बैठकका लागि बोलाइएको छ। दिउँसो २ बजे बोलाइएको बैठकमा पदाधिकारी,पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्य सहभागी हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
२०७७ फागुन ७ देखि १० सम्मका लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका कोभिड(१९ ले प्रभावित बनेको छ। यसअघि सक्नुपर्ने क्रियाशील सदस्यता वितरणको कार्य कोभिड(१९ कै कारण रोकिएको छ।
केन्द्रीय महाधिवेशन तोकिएको समयमै गर्ने गरि तल्लो कार्यसमितिको अधिवेशनको नयाँ मिति सार्वजनिक गरिने मुख्य सचिव पौडेलले जानकारी दिए। उनले भने, ‘१४ औं महाधिवेशन तोकिएको समयमा गर्न सभापति प्रतिबद्ध हुनुहुन्छ। तल्लो तहको अधिवेशनको कार्यतालिका परिवर्तन गर्ने बारेमा छलफल हुन्छ।’ सरकारका कामका विषयमा पनि छलफल हुने पौडेलले बताए।
बैठक केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ।

SHARE THIS