गोरखामा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

पाल्पामा जंगली च्याउ खाँदा एकै ...

गोरखा, असार १५  । गोरखामा ज‌गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

जंगली च्याउ खाएर बिरामी पर्नेमा आरुघाट गाउँपालिका–४ थुमीका ५० वर्षीय गाइने बिक, उनकी श्रीमती र तीन छोराछोरी रहेको वडाध्यक्ष कृष्ण धमलाले बताए । उनीहरुमध्ये अन्दाजी ११ वर्षका कान्छा छोराको अवस्था चिन्ताजनक रहेको उनले जानकारी गराए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको काम भइरहेको छ, त्यही काम गर्दै गर्दा गाइने दुई पटक ढलेछन्,’ उनले भने, ‘पछि सोधपुछ गर्दा बिहान च्याउ खाएर आएको भन्ने थाहा भयो, घरमा पुगेर हेर्दा परिवारका सबै बिरामी भएका रहेछन् ।’

बिपन्न परिवार भएकाले एम्बुलेन्सको व्यवस्थापन गरेर आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको उनले बताए ।

SHARE THIS