रुकुमका दुई युवा बालिका बलात्कारको आरोपमा पक्राउ

१३ वर्षीय बालकद्धारा १० वर्षीया ...
रुकुम, असार १३ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा रुकुम पूूर्वका दुई जना पक्राउ परेका छन् । रोल्पाकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षीय टिकाराम श्रीष र सोही ठाउँका ३० वर्षीय कमल रेग्मी पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार, श्रीषले असार ७ गते र रेग्मीले असार ९ गते डरत्रास देखाएर बलात्कार गरेको भन्दै पीडितपक्षले इलाका प्रहरी कार्यालय काँक्रीमा उजुरी दिएका थिए । उजुरी परेलगत्तै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक दिनेश गुरूङले बताउनुभयो ।

पक्राउ परेकालाई १० दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको उहाँले जनाउनुभयो ।
No description available.

SHARE THIS