भरूवा बन्दुक र पेस्तोलसहित एक जना पक्राउ



दाङ, असार ,१० । दाङमा प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ लापेबाट माछे नेपाली भनिने २६ बर्षका साजन नेपालीलाई हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मंगलवार राति करिब १० बजेको समयमा पुगेको प्रहरीले एक थान भरूवा बन्दुक, एक थान पेस्तोल र भरूवा बन्दुकमा लाग्ने २१० वटा फलामको छर्रा सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
No description available.
घरमा लुकाई राखेको गोप्य सुचनाको आधारमा पुगेको प्रहरीले नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका नेपालीलाई मुलुकी संहिता २०७४ अनुसार मुद्दा दर्ता गरि थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


SHARE THIS