तीन गड्डी तास र नगद सहित तुलसीपुरका चार जुवाडे पक्राउ

नौ जना जुवाडे पक्राउ | Ujyaalo Online:: Nepal ...
हेमराज परिवर्तन,
घोराही,१२ असार ।
दाङमा जुवा खेलीरहेको अवस्थामा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखवा निवासी गोमा कडेलको घरमा बिहिबार साँझ जुवा खेलीरहेको गोप्य सुचना पाए लगतै  जिल्ला प्रहरी कार्यालय तुलसीपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथमा ३ गड्डी तास र नगद रु ८५ हजार ४५ रुपौयाँ फेला परेको तुलसीपुरका इन्चार्ज तथा डिएसपी शिव बहादुर सिहले जानकारी दिनुभयो।
पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ९ बस्ने वर्ष ३२ का अब्दुल रजिमन, तुलसीपुर ५ मा बस्ने वर्ष ३७ का टेक बहादुर बि.क,सोहि ठाउँ बस्ने बर्ष ४५ को राजु भन्ने महमद अनिस कुसेरी र सोही ठाउकै वर्ष ४९ का नारायण के.सी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाबारे थप अनुसन्धान भईरहेको छ ।


SHARE THIS