धान दिवसको अवसरमा शुभकामना


तिर्थराज ज्ञवाली
असार १५, लालमटिया (देउखुरी दाङ)
धान दिवसकोअवसरमा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले सम्पुर्ण कृषक वर्गमा शुभकामना ब्यत्त गर्नु भएको छ । असार १५ को अवसरमा लालमटियामा खेतमै गएर रोपारा संगै धान लगाई अध्यक्ष सुवेदिले सम्पुर्णमा शुभकामना दिनु भएको हो ।
मानो लगाएर मुरी फलाउने कार्यको औपचारीक रुपमा गाउँपालिकाको तर्फवाट अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभााम रिजाल २ नं वडा अध्यक्ष जगत बहादुर थापा लगायतले सामुहिक रोपाई कार्यमा सहभागीता जनाउनु भएको हो ।
कृषक युवराज न्यौपानेको नेतृत्वमा १ विघा १५ कट्ठामा रोपाई सुरुवात गरिएको खेतमा कठाहा, लालमटिया गाउँका अधिकाम्स घर परिवारको समेत सहभागीता रहेको थियो ।
अविरल बर्षको कारण मौसम अनुकुल रहेको अवस्थामा राप्ती गाउँपालकाका धेरै जसो भागमा रोपाई सुरु गरिएको छ ।


SHARE THIS