घोराहीका पाँच जना सहित दाङमा ३४ जनामा कोरोना संक्रमण पुष्टि

एकैपटक १२ चिकित्सकलाई कारबाही ...
हेमराज परिवर्तन,
घोराही,१४ असार । आईतवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणमा ४० जनाको कोरोना रिपोट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार  दाङमा थप ३४ जना,कपिलबस्तुमा  पाँच जना र एक जना रोल्पाका रहेको जानकारी दिनुभयो । तुलसीपुर ११ उरहरी मावि क्वारेन्टाईनबाट संकलन गरिएको नमुना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको हो ।
त्यसैगरी तुलसीपुर ११ का ३५ र रुकुमका ३५ बर्षिय पुरुषमा कोरोना पुष्ट भएको हो । यस्तै रक्षाचौर क्वारेन्टाईनबाट संकलन गरिएको ५ जनाको नमुना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको छ । यस्तै घोराहीका ५ जना, बंगलाचुलीका १४ जना र राप्ती गाउँपालिका ८ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै अहिले सम्म दाङमा संक्रमितको संख्या ५२० प्ुगेको ो प्रतिष्ठान घोराहीले जनाएको छ  ।

SHARE THIS