जनप्रतिनीधि खुइल्याएर कतिञ्जेल चल्छ

प्रेमबहादु राम्जा मगर

दाङका चिया पसलमा हुने चिया गफमा सबैभन्दा धेरै काम कुन गाउँपालिकाले गरेको छ भनेर बेला मौकामा बहस र छलफल भएका कहिलेकाही मैले पनि सुन्ने अबसर प्राप्त गरेको छु । पक्कै पनि जिल्लामा कुन पालिकाले धेरै काम गरेका छन्, यसको मापन गर्ने सरकारी बिधी केही त होलान् । हामीले त्यसको बिधी थाहा नपाए पनि चिया पसलमा बहसका क्रममा फलानो पालिकाले काम धेरै गरेको दाबी गर्ने पनि सुनेको छु ।

दाङमा रहेका सबै पालिकाले श्रोत साधन र क्षमताले भ्याएसम्मको काम जनताका लागि गरेको दाबी स्थानीय जनप्रतिनीधिले गर्ने गर्दछन् । वडास्तरसम्म कम्तीमा एक करोडको बजेट पुग्न थालेपछि हिजोको ब्यबस्थाभन्दा केही बढी बिकास निर्माण गति लिएकै छन् । हिजो ५० हजार बजेट प्राप्त हुने स्थानमा अहिले ५० लाख बजेट पुगेको छ । यस्तो अबस्थामा बिकासले गति लिने नै भयो । तर, बिकास केलाई भन्ने पनि बहस भएकै छ ।

हामीले बाटो, कुलो, नहर, पुल, पुलेसा, कल्भर्टलाई मात्रै बिकास देख्न थालेका छौँ । यसले केही मात्रामा तर्क ठिकै होला तर, निर्माण गरिएका यस्ता बिकासका कार्यलाई दिगो गराउन नागरिकको चेतनामा पनि केही सचेतनाका कार्यक्रमहरु गर्न पनि आबश्यक छ । निर्बाचन भएको असार १४ गते (हिजो) का दिनदेखि तीन बर्ष पूरा भएको छ । तीन बर्ष पूरा हुदा नहुदै बबईको एउटा भिडियोले केही तरंग पैदा गरेको छ ।

बर्षमा एक पटक कुनै एउटा कारणले बबई गाउँपालिका चर्चामा रहने गरेको छ । बबईमा हुने जुनसुकै घटना भए पनि जिल्लाका केही ब्यक्तिहरुले मलाई फोन गर्ने गर्नुहुन्छ । मसंग सहज पहुँच र कुरा गर्न सकिने भएकाले पनि होला मलाई उहाँहरुले फोन गर्ने गरेको । पछिल्लो समयको कोरोना कहरले बबईलाई पनि अछुतो राख्न सकेको छैन । यसको ब्यबस्थापनमा पनि बबई गाउँपालिका सुरुका दिनदेखि कस्सीएको छ ।

क्वारेन्टाइन ब्यबस्थापनमा समस्या बबईमा मात्रै छैन । सबै स्थानमा छन् । त्यसको ब्यबस्थापनका लागि स्थानीय पालिकाको सक्रियतालाई जतिसुकै प्रसंशा गरे पनि कमै हुन्छ । जति आफुसंग भएको जनशक्ति, श्रोत साधन छ त्यही अनुसारको ब्यबस्था स्थानीय पालिकाले गर्ने हो । राजधानीको जस्तो सुबिधा र घरमै बसे जस्तरी त कसैले पनि क्वारेन्टाइनमा बस्न पाएका छैनन् । तितो सत्य यही हो । तर, यस्तो अबस्थामा जसरी स्थानीय पालिकाले काम गरेका छन् त्यसमै सन्तुष्ट रहनुको कुनै बिकल्प छैन ।

स्थानीय पालिकाले गरेका कामका बारेमा मैले लेख्दा कुनै पनि लाभ लिएको छैन । आगामी दिनमा सकभर मैले लिने पनि छैन । आफ्नो मेहनत र श्रमले लिने कुरा फरक बिषय हुन् । तर, बिरोधको नाममा बिरोध गरेर बस्ने नागरिक म होइन । नागरिकका लागि सरकार हो र नागरिक सरकारका लागि हुन् । यही कुरालाई हामीले राम्रोसंग बुझ्न सक्ने भएमा पक्कै पनि कतै समस्या हुदैन ।

जसरी भिडियोहरु बाहिर आएका छन् कुन ढंगले आए हामीले त्यसको अनुसन्धान गर्न पनि आबश्यक हुन्छ । सबैको हिजो प्रोफाइल हेरौँ । हिजो ती ब्यक्तिहरुले कस्ता काम गरेका थिए । उनीहरुको काम कस्ता छन् । कसरी त्यो भिडियोको बिकास भयो र अध्यक्षका कुरा बाहिर आए । सबैलाई छानबीको दायरामा ल्याउन सकिएला तर, भिडियो हेरेर जसरी मानिसहरुले बिचार बनाइरहेका छन् ती काम गलत छन् भन्ने मलाई लाग्छ ।

मैले यो बिचार सम्प्रेसन गरीरहदा मलाई कसैसंग दोहरी खेल्न मन पनि छैन । यसलाई समाधानको बाटोतिर लैजान पर्छ । जनप्रतिनीधि आफैमा सबै बुझ्ने र जान्ने ब्यक्ति भने पक्कै पनि होइनन् । उनीहरुलाई हामीले सचेत नागरिकको हैसियतले स्पष्ट र बुझाउन आबश्यक छ । कहिलेकाही चिप्लीन सक्छन् चिप्लीएका पाइलालाई सही ट्रयाकमा ल्याउने काम हामी सचेत नागरिकको जिम्मेवारी हो ।

त्यसैले कसले के भन्यो भन्नेका पछाडि लागेमा आफैलाई घाटा हुन्छ । यसका लागि हामीले पनि त्यसको समाधानका उपायहरु खोज्न सक्छौँ । समस्या चारैतिर छन् । समस्या छन् त्यसैले यसको समाधान गर्ने स्थान पनि पालिका नै हो तर, हामीले सोचे जस्तो र भने जस्तो काम गराईमा केही चुनौती छन् की छैनन् यो बिषयलाई ध्यान आबश्यक छ ।

रिपोर्ट आएन भने नागरिकले आवाज बाहिर ल्याउन सक्छन् । त्यसको माध्यम सञ्चारमाध्याम नै हो । प्रस्तुतीमा केही समस्या होलान् । कुन नियतले यस्तो काम भइरहेको छ । कसरी भइरहेको छ । पत्रकारले कुन नियतले काम गरीरहेको छ । कसैले केही पनि बुझ्न सक्दैन । मैले आम पाठकलाई यत्ति भन्न सक्छु एउटै पक्षका कुरालाई मात्रै स्थान दिनु हुन्न ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाबहरुको लाइन छ । सबै क्वारेन्टाइनमा मानिसको भीड छ । कसैले पनि रहर नागरिकलाई त्यहाँ राखेका होइनन् । उद्धार गरेर सकी नसकी क्वारेन्टाइनमा एक रुपैया शुल्क नलिएर ब्यबस्थापन गरेका छन् । कोरोना भाइरसको ब्यबस्थापन र नियन्त्रण गर्न स्थानीय पालिकाले रकमान्तर गरेर कार्यहरु गरीरहेका छन् ।

आज हामीले बिदेशबाट आएका नागरिकलाई बचाउने नाममा रकम खर्च गरिएको छ । बिकास निर्माणका कार्यलाई स्थगीत गरेर काम गरिएको छ । क्वारेन्टाइनमा बसेकालाई निःशूलक गास, बास र कपासको ब्यबस्था छ । उनीहरुलाई १४÷१५ दिनमै घर पठाउँदा स्थानीय पालिकालाई फाइदा हुन्छ । कम्तीमा थप दश दिनमा बसाउँन पर्दा खर्चको आकार पनि बढ्ने नै हो । यसैले कसैले सस्तो लोकप्रियताका लागि बिरोधका कार्य गर्छ भने मलाई भन्नु केही पनि छैन ।

अन्यथा नेपालमा स्थानीय तहका जनप्रतिनीधि नहुने थिए भने कोरोनाको त्रास अहिले कति हुने थियो कसैले कल्पना समेत गर्न सक्दैन । त्यसैले काम गरीरहेका जनप्रतिनीधिलाई अन्तबार्ताका लागि समय दिएन । केही सहयोग गरेन भन्ने नाममा जसरी नागरिकलाई आन्दोलित गराउने कार्य भएको छ । त्यो सरासर गलत काम भएको छ । हामी बहकाउमा लाग्ने होइन, सचेत भएर जनप्रतिनीधिलाई सच्याउने काम गर्ने हो ।  


SHARE THIS