चौरजहारी घटनाबारे गृहमन्त्रीअघि जनार्द्धन शर्माले बोल्दा संसदमा हो-हल्ला


काठमाण्डौँ,१३ जेठ ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद जनार्द्धन शर्माले रूकुम पश्चिमको चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले हो९हल्ला गरेका छन्।
बैठकको सुरूमै कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए। प्रतिपक्षी सांसदहरू उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए।
उनले उक्त घटना दलित समुदायमाथिको हिंसा भएको बताए र गृहमन्त्री रामबहादुर थापाको जवाफ मागे।
कांग्रेस सांसदहरूले बोलिसकेका  सभामुख सापकोटाले गृहमन्त्री थापालाई बोल्न समय दिएको बताएका थिए।
त्यहीबीचमा रूकुम पश्चिमका सांसद शर्माले आफूले घन्टाबारे बोल्न चाहेको भन्दै समय मागे।
सापकोटाले शर्मालाई समय दिए।
घटनालाई राजनीतिक दबाबका आधारमा कुनै दबाब नहुने बताएलगत्तै शर्माविरूद्ध कांग्रेस सांसदहरूले होहल्ला गरेका हुन्।
सांसद शर्माले आफू रूकुम पश्चिमको जनप्रतिनिधि भएकोले बोल्न पाउनु पर्ने तर्क गरे।
उनीहरूबीच केहीबेर सवालजवाफ भयो। सभामुख सापकोटाले कांग्रेस सांसदहरूलाई पटकपटक सम्हालिन अनुरोध गरे।
कांग्रेस सांसदहरूको हल्लाबीच शर्माले आफ्नो भनाइ टुंग्याए।
रूकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा भएको घटनामा नवराज बिकसहित ३ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्।

SHARE THIS